जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सरकार गठनविरुद्ध सर्वोच्च जाँदै कांग्रेस

जन्मभुमि खबर ,
पोखरा ।

सभामुख कृष्णप्रसाद धितालको समेत समर्थन जुटाएर नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएलगत्तै नेपाली कांग्रेसले कानूनी उपचार खोज्ने उपक्रम सुरु गरेको छ।

गण्डकीका मुख्य न्यायाधिवक्ता चीरञ्जीवि शर्मा पौडेलले कानूनी उपचार खोज्ने प्रक्रिया सुरु भएको र आजै गैरसंवैधानिक कदमविरुद्ध न्यायिक निरुपण खोज्न सर्वोच्च गुहार्ने बताए।

‘सर्वोच्चले नै सभामुखलाई सत्ता जोडघटाउबाट बाहिर राखेको नजिर छ,’ उनले भने,‘ यो कदम नैतिक र कानूनी हिसाबले पनि क्षम्य छैन भन्ने माननीय सुरेन्द्रराज पाण्डेज्यूले भनिसक्नुभएको छ। हामी तयार छौँ र हामी संविधान अनुसार न्याय पाउनेमा ढुक्क छौँ।’