जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अर्घाखाँचीबाट पोखरा आउदै गरेको कार दुर्घटना, एक बालकको मृत्यु, ७ जना  घाइते

जन्मभुमि खबर ,
पोखरा ।

अर्घाखाँची पाणिनी गाउँपालिका–९ को कोलडाँडामा भएको कार दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् ।

अर्घाखाँचीबाट पोखरातर्फ आउदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनकी छोरा इभान्स घाइते भएका छन् । त्यस्तै पोखरा उपमहानगरपालिका–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए । सबै घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिको कार अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट दुई सय मिटर तल खसेको छ । घटनाको थप अनुसान्धान भइरहेको उनले बताए ।