जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजि गर्न आज दोस्रो पटक ड्याम खोलिने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सेती नदिको हाम फालेर बेपत्ता भएका एक व्यक्ति खोज्नका पुन दोस्रोपटक आज सेती नदीको ड्याम खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत फागुन २२ गते पनि सेती नदिको बहाब बढाइ खोजी गर्दा नभेटेपछि पुन ड्याम खोलिने भएको छ । पोखरा ११ का सुगम बास्तोला नदिपुर पुरानो पुलबाट हाम फालेका थिए । सोही दिन नेपाल प्रहरीको उद्दार टोलिले खोजतलास गर्दा पनि नभेटेपछि ड्याम खोलेर खोजी गरिने जिल्ला प्रहरी कास्कीले बताएको छ ।

चैत १९ गते सोमबार आज दिउँसो १ बजेदेखि नहर खोलेर सेतीमा पानीको वहाव बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीले भनेको छ- दीपमा रहेको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नु पर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सुचना प्रकाशन गरिएको छ ।

१५ गते पनि बालकलाई खोज्ने भनी सुचना निकालीएको थियो तर मौसमको कारण खोजतलास कार्यमा समस्या हुने भएकोले हाललाइ उक्त कार्य स्थगित गरिएको र मौसम सफा रहेको दिन उक्त कार्य सुचारु गरिने जिल्ला प्रहरी कास्कीले बताएको छ ।

सम्बन्धित समाचार :

सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजि गर्न भोलि दोस्रो पटक ड्याम खोलिने