जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य तोलामा छ सयले बढेर हालसम्मकै उच्च

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय बजारमा सुनको मूल्यमा सोमबार पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा छ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० मा कारोबार भएको चाँदी सोमबारका लागि भने एक हजार छ सय ८५ निर्धारण भएको छ ।