जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालबालिकालाई घुमाउन घोडेपानी जाँदै गरेको बस दुर्घटना, २६ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताए ।

गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको अन्य कारण खुल्न नसकेको उनले बताए ।

दुर्घटनामा घाइतेहरु सबै जिल्लाका विभिन्न पालिका स्थाई घर भइ हाल बालबालिका पढाउन सदरमुकाम बेनी नपा-७ मंगलाघाट बस्नेहरु हुन् । उनीहरू विद्यालयको वार्षिक परीक्षा तथा माध्यामिक शिक्षा परीक्षा (एसईई) पछि फुर्सदिला बनेका बालबालिकालाई घुमाउन अन्नपूर्ण गाउँपालिका-६ घोरेपानी/पुनहिल हिँडेका थिए । बस बेनीबाट छुटेको ५ मिनेटमै दिउँसो ४ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार गुरुङका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा चालक बेनी नपा-६ डम्बराका अधिकार सापकोटा, मालिका गापा घर भइ हाल मंगलाघाट बस्ने कामना रोका (२५), धवलागिरी गापा-५ घर भइ बेनी बस्ने झगकुमारी छन्त्याल (४७), अंशु जिसी (६), लालमाया पुन (४६), सुनिता पुन उनका छोरा दगिन पुन (१०) रोरी सोनी पुन (८), लक्ष्मी घिमिरे, टिजल रोका, बेनी नपा-५ की सुमन बानियाँ (२५), उनका छोरा सुगम खड्का (९), मालिका- ६ की लक्ष्मी पुन, आयुशा रोका (९) रहेकी छिन् ।

त्यसैगरी घाइते हुनेहरूमा तनहुँ भिमाद घर भइ बेनी बस्ने केशरमाया रोका, उनका छोरा क्रिश्चल राना (५), छोरी कञ्चन राना (१७), इनदेवी फगामी (३०) उनका छोरा शिखर फगामी (१२), छोरी शिवन्या फगामी (८), दुर्गादेवी घर्ती (५०), पुर्णदेवी गर्वुजा (३२) छोरा दिवन गर्वुजा (८), सोनी जुग्जाली, नरमायाँ रोका र उनका छोरा सामिर रोका रहेका छन् ।

घाइतेमध्य नरमायाँ रोका, सामिर रोका, शिवन्या फगामीसमेत कम्तीमा ४ जनालाई थप उपचारका लिगी पोखरा रिफर गरिएको छ । बाँकीको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको सनाखत गर्नेकाम भइरहेकोले थप विवरण आउने बाँकी रहेको छ ।