पोखरा हेम्जा बस दुर्घटना अपडेट : घाइते भएका नरबहादुरको उपचारको क्रममा मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा २५ हेमजामा गत चैत २९ गते बिहान बस दुर्घटना हुँदा गम्भिर घाइते भएका नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस चैत २९ गते दुर्घटना हुँदा घाइते भएका ८ जना मध्ये नरबहादुरको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौंबाट म्याग्दीका लागि छुटेको ग १ ख १६३० नम्बरको बस चैत २९ गते बिहान सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइतेका थिए ।
घाइते भएका ८ जना मध्य ७ जना सोही दिन उपचार पछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । घाइते मध्य म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ घर भएका ७२ वर्षीय नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस सह–चालक चलाएको खुल्न आएको बताएको छ । बस दुर्घटनापछि प्रहरीले बस चालक र सह–चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार :