जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा प्लास्टिक ब्यबसायि समितिको रक्तदानमा ६२ युनिट संकलन ।

रमेश पोख्रेल /चैत २४, पोखरा ।
पोखरामा क्रियासिल प्लास्टिक व्यावसायिहरुको सस्था पोखरा प्लास्टिक ब्यबसायी समितिले शनिबार पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।

सस्थाले यो तेस्रोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा गण्डकी औसधी ब्यबसायी महासङ्घका अध्यक्ष कृष्ण पान्डे रहनु भएको थियो । रक्त सन्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा सन्चालन भयको कार्यक्रमको सन्चालन सचीव प्रशुराम तिवारी , स्वागत उपाध्यक्ष रामचन्द्र लामिछाने ,अध्यक्षता ऋषिराम पोख्रेल र रोशन कुइकेलको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।