जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै पोखरामा सहकारी पीडितको र्‍यालीः

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्लाका सहकारी पीडितहरूले संघर्ष गर्न संयुक्त मोर्चा बनाएर सोमबार पोखरामा दबाब पूर्ण र्‍याली प्रदर्शन गरेका छन् । सहकारीको रकम अपचलन गरेपछि बिचल्लीमा परेका सहकारी पीडितह पहिलो चरणको मोर्चा बनाएर पोखरामा र्‍याली गरेका हुन् ।

सूर्यदर्शन सहकारीका पीडितको अगुवाइमा समिति गठन गरिएको हो । पोखरामा रहेका ६ वटा सहकारीका पीडितहरू भेला भएर बृहत दबाब र्‍याली प्रदर्शन गरेका छन् । सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आवद्ध छन् । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट ¥याली सुरु भएको थियो । पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेर पहिलो चरणको दबाब पूर्ण ¥याली सकिएको छ । पहिलो चरणमा गरिएको दबाब पूर्ण ¥यालीहरु अधिकांश गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेप्रति केन्द्रीत थिए । ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ लगायतका नारा लगाइएको थियो ।