जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चैत २७ गते राप्रपाको जनप्रदर्शनमा अश्रुग्याँस खाएका डाँगीको उपचारका क्रममा निधन

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।

डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि आज १२ राप्रपा कार्यालयमा राखिने भएको छ ।

राप्रपाले गत मंगलबार राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।