जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चार रुपैयाँले बढ्यो पेट्रोलको मुल्य

जन्मभुमि खबर ,
पोखरा ।

आजदेखि नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । गएराति बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य चार रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत् राखेको छ ।

पेट्रोलको मुल्य लिटरमै ४ रुपैयाँ बढ्यो , अरु यथावत