घट्यो सुनको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजाार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।