जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबीच भेटवार्ता

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबीच आज भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुखको निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गरेका छन ।

यस्तै, हालै प्रदेश प्रमुख नियुक्त भएका बागमती प्रमुख शर्माले गण्डकी प्रमुख भट्टलाई बधाई ज्ञापन गरे । प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए । उनिहरुले काम र अनुभवहरू पनि साटासाट गरे ।

उक्त भेटमा दुवै जनाले आपसी कार्यानुभव आदानप्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थपसम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेशका सीमान्तकृत समुदायको उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।