जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीको संसद् अधिवेशन वैशाख ७ गतेदेखि , बैठक आह्वानमा कांग्रेसको आपत्ति

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्नेछन् ।

मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्था गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो । यसप्रति हाम्रो गम्भीर असहमति छ,’ पाण्डेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

उक्त मुद्दालाई सर्वोच्चले अग्राधिकार दिई १० वैशाखमा पेशी तोकेको छ ।