जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित मनाङे र चुमानले लिए शपथ

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् ।

अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।

अधिकारीसँगै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) ले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।