जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की सिक्लेस हत्या प्रकरण : चार जना कारागार चलान

जन्मभुमि खबर ,
पोखरा ।

गत चैत ८ गते सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

हत्या आरोपमा प्रकाउ परेका सिन्धुपाल्चोकका धनबहादुर लामा र पेम्वा भनिने कान्छी लामा तामाङलाई पुर्पक्षका लागि अदालतले कारागार चलान गरेको हो । हत्या आरोपमा पक्राउ परेका २ जना बालकलाई भने बाल सुधार गृह पठाएको छ ।

गत चैत ३ गते तामाङ कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए ।

सम्बन्धित समाचार :

प्रेमीलाई सुपारी दिएर सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेस ल्याएर आफ्नै श्रीमानको हत्या