जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कुकुरले चितुवा मारेपछि….

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका १ घाचोकको टुसेमा कुकुरले चितुवा (बाघ) मारेका छन् । शनिबार बिहान घाचोकमा कुकुरहरुले चितुवा मारेका हुन् ।

शनिबार बिहान एउटा रुखमा रहेको चितुवालाई डन्डे परियारले देखेका थिए । उनै परियारलाई चितुवाले आक्रमर्ण गर्न आए पछि कुकुरहरुले टोकेर मारेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो ।

उनका हातको ठाउँमा घाउ भएको छ । शुक्रबार राति नै चितुवा रुखमा चढेको थियो । कुकुरहरु रुख मुनी रातभर कुरेर बसेका थिए । बिहान डन्डे परियार रुख मुनी आउने बित्तिकै  रुखबाट झरेर चितुवाले आक्रमण गरेको थियो ।

उनले प्रतिकार गरेर बाच्न सफल भएपनि कुकुरहरुको आक्रमणबाट चितुवा भने मरेको छ । उनलाई आक्रमण गरेपछि नजिकै बारिमा मकै खन्दै गरेका गाउँहरु पनि आएका थिए ।

चितुवालाई त्यहाँ रहेका ७/८ वटा कुकुरहरुले आक्रमण गरेर मारेको परियारले बताए । मृत चितुवालाई एक्यापका प्रतिनिधिहरुले लगेका छन् ।