जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

जन्मभुमि खबर ,
पोखरा ।

चितवन जिल्ला अदाललते व्यवसायी रामहरी श्रेष्ठको हत्या अभियोगमा १५ वर्षपछि पक्राउ परेको माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार बिहिबार र शुक्रबारको बहस पछि न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

अपहरणपछि हत्या अभियोग लागेका खाम मंगलबार काठमाडौको ठमेलबाट पक्राउ परेका थिए ।