जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कांग्रेसले गृहमन्त्रीबारे अडान नछाडेपछि संसद् बैठक बुधबारसम्मलाई स्थगित

जन्मभुमि खबर ,
पोखरा ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अडान यथावत राखेपछि संसद् बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ ।

मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको थियो ।

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि उनी दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटे ।

तर, उक्त छलफलमा पनि सहमति जुट्न नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।