जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कांग्रेसको नाराबाजीपछि संसद बैठक बैशाख २ गतेसम्म स्थगित

जन्मभुमि खबर ,
पोखरा ।

सभामुख देवराज घिमिरेले आगामी बैठक बैशाख २ गते बोलाएका छन्। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समय सञ्चालन गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बैठकमा नाराबाजी गरेका हु्न्।

सभामुख आकस्मिक समय सकिएलगत्तै शून्य समयमा प्रवेश गर्न लागेपछि कांग्रेस, राप्रपा र र लोसपाका सांसदहरुले उठेर विरोध गरेका हुन्।

सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेस सांसदले नाराबाजी गरेपछि सभामुख घिमिरेले अर्को बैठक बैशाख २ गते ११ बजे बस्ने जानकारी गराएका हुन्।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने जनाएको छ।