जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज कास्कीका तीन पालिकामा सार्वजनिक बिदा

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीका तीन स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक कास्कीका तीन स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन् ।

गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने पालिकाले जनाएका हुन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेको शुभकामनासमेत दिएका छन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार सडकमा निस्केर धुमधामका साथ ट्होटे पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘टेँ’ भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ ।

विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतलगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रूपमा ट्होटे मनाउने गर्छन् ।