जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अब १ घण्टामै श्रम स्वीकृति पाइने, मोबाइलबाटै डाउनलोड गर्न सकिने

जन्मभुमि खबर ,
पोखरा ।

श्रम कार्यालयलले अब १ घण्टामै श्रम स्वीकृति वितरण गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले श्रम कार्यालय तहाचलमा पत्रकार सम्मेलन गर्दै एक घण्टामै श्रम स्वीकृति वितरण गरिने जानकारी गराएका हुन् । ‘अब श्रम स्वीकृतिका लागि कार्यालयमा धाउनु पर्दैन । आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिन्छ । मन्त्री अर्यालले भने, ‘आवश्यक प्रक्रिया र कागजात पुरा भएको एक घण्टामा मोबाइलमै श्रम स्वीकृतिको प्रमाण पत्र आउँछ ।’

त्यस्तै श्रम कार्यालयमा सेवाग्राहीको समस्या सामाधानको लागि सहायता कक्ष पनि स्थापना गरिने मन्त्री अर्यालले जानकारी दिएका छन् ।

केही दिनअघि मन्त्री अर्यालले श्रम कार्यालयको अनुगमन समेत गरेका थिए । सो क्रममा उनले सेवाग्राहीको समस्या समेत सुनेका थिए । सो अनुगमनका क्रममा श्रम सम्बन्धी सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए । त्यसको केही दिनमै अनलाईबाट १ घण्टामै श्रम स्वीकृति पाइने संयन्त्र बनाइएको हो ।