जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतीय दुतावासद्वारा कास्कीका ३ वटा विद्यालयहरूलाई स्कुल बस हस्तान्तरण

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासले कास्कीका ३ वटा विद्यालयहरूलाई स्कुल बस हस्तान्तरण गरेको छ ।

जसअन्तर्गत पोखरा महानगरपालिका वडा नं.२६ का दुई वटा विद्यालयहरू परेका छन् ।

वडा अध्यक्ष नरेन थापाका अनुसार श्री भवानी कालिका माध्यमिक विद्यालय विजयपुर र लक्ष्मी माध्यमिक विद्यालय अघौँलाई २ वटा स्कुल बसहरू प्राप्त भएका हुन् । वडा अध्यक्ष थापाको विशेष पहलमा प्राप्त ती बसहरू आज अथवा भोलि पोखरा आइपुग्नेछन् ।

विद्यालय बसहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधार र शिक्षा प्रति विद्यार्थीहरूको आकर्षण अभिवृद्धि गर्ने वडा अध्यक्ष थापाको विश्वास छ । उपहार स्वरूप प्राप्त ती बसहरू उपलब्ध गराएका दुतावास र सहयोगी सबैलाई अध्यक्ष थापाले आभार व्यक्त गरेका छन ।

यसैबिच काठमाण्डौँमा आयोजित एक कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाको एक विद्यालयलाई पनि दुतावासले एउटा बस उपलब्ध गराएको छ