जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अब मोटसाइकल मोडिफाइ गरेर पड्काए २५ दिन थुनिनुपर्ने

जन्मभुमि खबर ,
पोखरा ।

पर्यटकीय राजधानी पोखरामा अबदेखि मोटरसाइकल पड्काएर हिडे २५ दिनसम्म प्रहरीले थुन्ने भएको छ । ध्वनी प्रदुषण गर्ने मोटरसाइकल चालक र मोटरसाइकलमा ध्वनी प्रदुषण गराउन सहयोग गर्ने वर्कसप सञ्चालकलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुरुप कारबाही गरी २५ दिन थुन्ने र एक वर्ष कैद वा १० हजार जरिवाना सक्ने छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कास्की जिल्लामा सञ्चालित मोटरसाइकल वर्कसप ब्यवशायी सञ्चालहरु सँग छलफल तता अन्तरक्रिया एवं मोटरसाइकल वर्कसपमा सचेतनामुलक स्टिकर टाँस्ने अभियानको सुरु गर्दै कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले पोखरामा ध्वनी प्रदुषण गर्ने मोटरसाइकल चालक, सवारी धनी र ध्वनी प्रदुषण गराउन सहयोग गर्ने मोटरसाइकल वर्कसप सञ्चालकलाई २५ दिन सम्म थुन्ने र कारबाही अगाडी वढाउने वताएका हुन ।

एसपी थापाले आफु कास्कीमा आएदेखीनै मोटरसाइकलमा नकारात्मक प्रचलन वढ्दो क्रममा देखिएको बताउदै ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरु समाएर कारबाही गरेको भएतापनि यसको रोकथाम हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय कडा रुपमा प्रस्तुत भई कानुन अनुसार अगाडी वढ्न लागेको उनको भनाइ रहेको थियो ।

प्रहरीले ध्वनी प्रदुषण गर्ने मोटरसाइकल चालक, मोटरसाइकल धनी र मोटरसाइकल माडिफाइ गर्ने वर्कसपलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति भंग गर्न नहुने, अभद्र ब्यवहार गर्न नहुने र कसैलाई दुख हैरानी गर्न नहुने कसुर लगाई कार्वाही गरी २५ दिन थुना, १ वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना लगाउने गरी कारबाही गरिने एसपी मोहन कुमार थापाले वताए । उनले भने अव कुनै सम्झौता हुदैन प्रहरीले सिधै कारबाही गर्छ, मोटरसाइकल वर्कसप सञ्चालक हरुले कोही कसैले मोटरसाइकल मोडिफाइ गर्न आग्रह गरे प्रहरीलाई सम्पर्क गर्नुहोस हामी वर्कसपमै सादा पोशाकका प्रहरी पठाइ पक्राउ गरी कारबाही गर्छौ ।

सो अवसरमा वोल्दै पोखरा वर्कसप एशोसियसनका अध्यक्ष अर्जुन सुवेदीले प्रहरीको अभियानमा आफ्नो संस्थामा आवद्ध रहेका वर्कसपहरुले सहयोग गर्ने वताए । यसअघि व्यवशायीहरु र प्रहरी बीच समन्वय हुन नसक्दा केही ब्यवशायीहरुले दुख पाएको उनको गुनासो रहेको थियो । त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले आफुहरुको संस्थामा विशेष गरी रातीको समयमा मोटरसाइकले चर्को आवाज निकाली चलाउदा समुदायमा असर परेको गुनासोहरु वढीमात्रामा आइरहेको र आगामी दिनमा त्यसको न्युनीकरण हुनेमा आफुहरु ढुक्क रहेको वताए ।