जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको एक घरबाट सुनको गहना चोरी

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ । पोखरा महानगरपालिका-१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका  विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको हो ।

प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।