जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२२ दिन अघि मर्निङ वाकमा निस्केका ओझा मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा–३० का तेजराज ओझा सेती नदी किनारमा बुधबार मृत फेला परेका छन् । उनी गत माघ २५ गते घरबाट मर्निङ वाकका लागि निस्किएका थिए त्यसपछि ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो ।

सेती नदी किनारमा ओझाको शव फेला परेको कास्की प्रहरीले जानकारी दिएकाे छ । उनकाे बिहीबार अन्तिम दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

ओझाका २ छोरी छन् । उनी लामो समय भारत बसेर फर्किएका थिए ।