जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा प्रहरी जवानले गुमाए ज्यान

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतबाट एकजना थुनुवा भागेका छन् ।

महाकाली नगरपालिका–१ का उमेशसिह कुँवरलाई जिल्ला प्रहरी कार्यालयले थुनुवा कक्षाबाट मुद्दा शाखा लगेर सोधपुछ गरिएको थियो ।

त्यसक्रममा उनी हत्कडी लगाएकै अवस्थामा भागेर महाकाली तरेका थिए ।

जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हामफालेर भाग्ने क्रममा जवान चौधरीले सिंहलाई रोक्न खोजेका थिए।

हतकडीसहित हामफालेका कुवरसँगै हुत्तिएका चौधरी पनि भीरबाट खसे। प्रहरीका अनुसार करिब १ सय मिटर तल खसेका प्रहरी जवान चौधरीको ज्यान गएको छ ।

थुनुवा भागेपछि प्रहरीले जवान चौधरीले रोक्न खोज्दा भीरमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताए।

भीरमा खसेर टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्‍याउँदा निधन भएको थियो।

हामफालेर भागेका कुवँर महाकाली तरेर भारततर्फ लागेका थि। उनी भागेपछि प्रहरी पनि महाकाली तरेर भारततर्फ पुगेको थियो।

भारततर्फ भागेका सिंहलाई प्रहरीले त्यहाँस्थित गोरखा रेजिमेन्टको सहयोगमा पक्राउ गरेको थियो।

गत माघ ७ गते ड्युटीमा खटिएका दुई प्रहरीलाई चक्कु हानेका कुँवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।

श्रीमती धनिषा कुँवरलाई कुटपिट गरेको भन्दै उजुरी आएपछि प्रहरीले उनलाई सोधपुछका लिन गएको थियो।

तर उनले प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु हानेका थिउ। चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लागेको थियो।

कुँरविरुद्ध प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको थियो।