जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा करेन्ट लागेर एकजनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

करेन्ट लागेर अर्जुनचौपारीका ५२ वर्षीय हर्कबहादुर थापाको मृत्यु भएको छ।  अर्जुनचौपारी गाउँपालिका- ६ भेडाबारीस्थित झाक्रिस्थानमा लत्रिएको बिजुलीको तारमाथि घोप्टो परेको अवस्थामा थापा मृत भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।