जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न गृहको निर्देशन

जन्मभुमि खबर ,
पोखरा ।

सुन तस्करीमा संलग्नता देखिएको भन्दै जाँचबुझ आयोगले सिफारिस गरे अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

छलफलमा गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।