जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

युक्रेनले सार्वजनिक गर्‍यो आफूले बन्दी बनाएका ५ नेपाली

जन्मभुमि खबर ,
पोखरा ।

रुसी सेनाको तर्फबाट युद्ध लड्दा युक्रेनले बन्दी बनाएका पाँच जना नेपालीको अवस्था सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार युक्रेनले आफूले बन्दी बनाएका ७ जनालाई सार्वजनिक गरेको हो ।

युक्रेनले यसरी सार्वजनिक गरेका मध्ये ५ जना नेपाली नागरिक हुन् । उनीहरू रुसका तर्फबाट युक्रेनसँगको युद्धमा थिए । त्यहाँबाट उनी युक्रेनी सेनाको कब्जामा परेका थिए । रोयटर्सका अनुसार युक्रेनले गरिब मुलुकले आफ्ना नागरिकलाई युद्धमा जानबाट रोक्नुपर्ने आग्रहसमेत गरेको छ ।

यसरी सार्वजनिक गरिएका नेपालीहरूले आफू कसरी रुसी सेनामा पुगेँ भन्ने विषयमा बोलेका छन् । युद्धबबन्दीहरूलाई सैनिक पोसाकमै सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले  गत ४ पुसमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी बनेको जनाएको थियो । अहिले युक्रेनले सार्वजनिक गरेका पाँचमध्ये चार जना यिनै हुन् । तर अर्का एक नेपालीबारे भने कुनै थप जानकारी खुलेको छैन ।

नेपालका परराष्टमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा युद्धबन्दीको रिहाइका लागि पहल गरेको बताउने गरे पनि कसरी के भइहरको छ भन्नेबारे विस्तृत जानकारी दिने गरेका छैनन् । हालै परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका रुसी समकक्षी सर्गेइ लाभरोभबची फोन वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपालले रुसी सेनामा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । तर, रुसले यसबारेमा सकरात्मक जवाफ दिएको छैन । बरु उसले युद्धका क्रममा मारिएका नेपालीलाई क्षतिपूर्ति दिने बताएको छ ।