जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आजदेखि दोहोरी र डिस्को व्यवसाय रातभर खुल्ने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । आइतवार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए । उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाए ।

उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए ।

उनले भने, ‘आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुनेछन् । साथै डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्नेकुरा जानकारी गराउन चाहन्छु ।’

उनले आगामी दिनबाट राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल सञ्चालन गरिने समेत बताए । पाण्डेले बेगनास तालमा क्रुज शिप सञ्चालन गरिन बताउँदै पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिने समेत बताए । उनले भने, ‘पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा वृहत ध्यानकेन्द्र निर्माण गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गरिनेछ ।’