जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । उनकी माता जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा चरक ममोरियल हस्पिटल, पोखरामा बिहान करिब ११ बजे उपचारका क्रममा मंगलबार निधन भएको हो ।

स्व.जमुनादेवीको मंगलबार दिउँसो साढे ३ बजे नयाँबजारस्थित निवासबाट शवयात्रासहित सेती नदी तुलसीघाटमा दासंसस्कार गरिने नगर प्रमुखको सचिवालयले जनाएको छ ।