जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उच्च विन्दुमा पुगेको सुनको मूल्य स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्य उच्च विन्दुमा पुगेर स्थिर भएको छ।

सोमबार पनि आइतबारकै मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भइरहेको छ।
आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार १ सय ७८ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।