जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४ दलबीच लिखित सहमति : सरकारको राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे लिखित सहमति भएको छ । जसमा सरकारको नेतृत्व र राष्ट्रिय सभाको अध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने सहमति भएको छ । यस्तै राष्ट्रिय सभाको उपाध्यक्षमा भने नेकपा एमालेलाई सघाउन चार दलबीच सहमति भएको हो ।

चार दलबीच सरकारमा सहभागी भएका दलहरूबीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।

यसैगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने पनि सहमति भएको छ ।

आठबुँदे सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति :