जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

होटलमा युवकसँग बसेकी पोखराकी युवती अचेत भेटिइन्, अस्पताल लग्दा मृत्यु ,

जन्मभुमि खबर ,
पोखरा ।

जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार फैमली होटेलमा युवकसँग बसेकी एक युवतीको मृत्यु भएको छ ।

होटलमा एक युवकसँग बसेकी पोखरा महानगरपालिका वडा नं. १३ घर भएकी अन्दाजी २९ वर्षीया खुश्बु सुनार हुन् । उनी सँगै होटलमा बसेका भनिएका दुई युवक भने फरार छन् ।

उनी विगत २–३ महिनादेखि छोरासहित महेन्द्रनगरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको खरेलले बताए । खुश्बुका श्रीमान् पोखरामै बस्ने र जानकारी पश्चात् जनकपुर आउँदै गरेको पनि उनले बताए ।

उनका अनुसार होटलमा बिहान ८ः१५ बजे उनी अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा ८:३० बजे मृत्यु भयो ।

उनले लगाएको कपडासमेत च्यातिएको पाइएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

होटल परिसरबाट प्रहरीले भारतीय नम्बर प्लेट बीआर ४३-१६३९ को मोटरसाइकल बरामद गरेको छ । सोमबार बेलुका खुश्बुसहित उनकी एक साथी र उनीहरूसँग दुई युवक होटलमा सँगै प्रवेश गरेका होटल सञ्चालक सन्तोष साहले बताए । यद्यपि, उनीहरूले छुट्टाछुट्टै कोठा लिएका थिए । ‘महिलाहरूले एउटा कोठा लिए भने पुरुषहरूले अर्को कोठा लिए’, साहले भने ।

महिलाहरू बसेको १०१ नम्बर कोठामा बिहान खुश्बु अचेत अवस्थामा फेला परेकी थिइन् । लगत्तै उनलाई जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । पछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

यही घटनापछि होटलका केही कर्मचारी पनि फरार भएको बताइएको छ । मृतक युवती धनुषाको महेन्द्रनगरस्थित आफन्तको बस्दै आएकी थिइन् । उनका छोरा र छोरी छन् ।

मृतक सुनारसँग होटलमा बसेका युवकको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए । उनले भने, ‘मृत्यु कसरी भयो त्यो भन्न सक्दिन । शरीरमा घाउ चोटपटक देखिएको छैन ।’

स्रोतका अनुसार युवतीसँग बसेका युवकसँगै थप दुई युवक पनि पुगेका थिए । सामूहिक बलात्कारका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान छ ।