जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाको सामुदायिक वनमा भेटियो नवजात शिशु

जन्मभुमि खबर ,
पोखरा ।

चापाकोट नगरपालिकामा बुधबार दिउँसो नवजात शिशु भेटिएको छ। बाटरा सामुदायिक वनमा स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाउनासाथ प्रहरी टोलीले सालनालसहितको जीवित शिशुलाई उद्धार गरी चापाकोट अस्पतालमा पुर्‍याएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रनाउ रानाले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।