जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेती नदिमा हाम फालेर बेपत्ता भएका व्यक्ति खोज्नका लागि आज ड्याम नखोलिने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सेती नदिको हाम फालेर बेपत्ता भएका एक व्यक्ति खोज्नका लागि सेती नदीको ड्याम खोलिने काम आजका लागि स्थगित भएको छ ।

मौसमको कारण खोजतलास कार्यमा समस्या हुने भएकोले हाललाइ उक्त कार्य स्थगित गरिएको र मौसम सफा रहेको दिन उक्त कार्य सुचारु गरिने जिल्ला प्रहरी कास्कीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा ११ का सुगम बास्तोला नदिपुर पुरानो पुलबाट हाम फालेका थिए । सोही दिन नेपाल प्रहरीको उद्दार टोलिले खोजतलास गर्दा पनि नभेटेपछि ड्याम खोलेर खोजी गरिने जिल्ला प्रहरी कास्कीले बताएको छ ।