जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेती नदिमा हाम फालेर बेपत्ता भएका व्यक्ति खोज्नका लागि भोलि ड्याम खोलिने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सेती नदिको हाम फालेर बेपत्ता भएका एक व्यक्ति खोज्नका लागि सेती नदीको ड्याम खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा ११ का सुगम बास्तोला नदिपुर पुरानो पुलबाट हाम फालेका थिए । सोही दिन नेपाल प्रहरीको उद्दार टोलिले खोजतलास गर्दा पनि नभेटेपछि ड्याम खोलेर खोजी गरिने जिल्ला प्रहरी कास्कीले बताएको छ ।

फागुन २२ गते मङ्गलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नहर खोलेर सेतीमा पानीको वहाव बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीले भनेको छ-  दीपमा रहेको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नु पर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सुचना प्रकाशन गरिएको छ ।