जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यमा बुधबार कुनै फेरबदल भएको छैन। चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुन मंगलबारकै मूल्यमा कारोबार भएको हो।

यसअनुसार छापावाल सुन १ लाख २५ हजार २ सय र तेजाबी सुन १ लाख २४ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।

यता प्रतितोला ५ रुपैयाँ सस्तो भएको चाँदी आज १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार १ सय ५७ अमेरिकी डलरमा कारोबार भएको छ।