सुनको मूल्य एकैदिन दुई हजार बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन दुई हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।