जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २६ हजार तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार चार सय तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख २४ हजार चार सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार चार सय ७५ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ।