जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्यमा सामान्य वृद्धि

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा  कारोबार भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रवार तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।

यस्तै शुक्रवार चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १३७५ रुपैयाँमा कारोबार भएको थियो ।