जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सत्ता गठबन्धनमा फेरबदलसँगै तीन सांसदले लिए विना विभागिय मन्त्रीको सपथ

जन्मभुमि खबर ,
पोखरा ।

सत्ता गठबन्धनमा फेरबदलसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन् । पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद डीपी अर्यालले मन्त्री पदको शपथ लिएका हुन् ।

उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । नयाँ सत्ता समिकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा रहेको छ ।