जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शालीन पोखरेल मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

जन्मभुमि खबर ,
पोखरा ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ।

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता गरेको हो।