जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राप्रपाका नेता श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण

जन्मभुमि खबर ,
पोखरा ।

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्षबाट बाहिरिँदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन् । श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन् । पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो ।