जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिलन चण्डिकालिकाको रक्तदान कार्यक्रम सम्पन्न ।

पोखरा २१ मा रहेको श्री मिलन चण्डीकालिका कृषि सहकारीको आयोजनामा भएको खुल्ला रक्तदाम कार्यक्रम सम्पन्न भएको छ।


पहिलो रक्तदात्ता कमला सुनारलाई प्रमुख अतिथि पोखरा २१ कि कार्यवाहक वडा अध्यक्ष बिमला के सिले ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरिएको थियो।
कार्यक्रम २३ युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजन देवराज सुनारले जानकारी गराउनुभएको हो। रक्तदानको प्रबिधिक सहयोग क्षेत्रिय रक्त संचार केन्द्र पोखराको रहेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष क्या दिल बहादुर थापाको अध्यक्षता मा भएको थियो। कार्यक्रमको स्वागत संस्थाका सदस्य टिकाराम देवकोटा तथा कार्यक्रम संचालन सचिव कविराज पौडेलले गर्नु भएको थियो।