जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुगुमा जीप दुर्घटना दुई जनाको मृत्यु, चार जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले  जानकारी दिए ।

प्रनाउ थापाका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र  पहिचान नखुलेका  एक जना महिला रहेकी छिन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेका  उनले बताए ।

घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको  बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै  गरेकोे जानकारी दिए ।