जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्रमिलन सहकारी ठगी प्रकरण : पुर्व रजिस्ट्रार अधिकारी धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको मित्रमिलन सहकारी विस्तारका लागि १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर अधिकारी २० लाख धरौटीमा छुटेका छन् ।

अधिकारीलाई पुर्पक्षका थुनामा राख्ने कास्की जिल्ला अदालतको फैसला उच्च अदालत पोखराले उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको छ ।

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यकक्षमै रहेका बेला गत पुस ११ गते पक्राउ परेका अधिकारीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।

सहकारीको शाखा विस्तारका क्रममा कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

बयानपछि पक्राउ परेका अधिकारी पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।

उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश गरेको हो ।

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण, कार्यकारी अधिकृत किरणसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।