जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनकामना जाँदै गरेकाे स्कारपियो उकालाे चढ्न नसकेर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घाेर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेकाे ग १ च ७६१९ नम्वरकाे स्कारपियो उकालाे चढ्न नसकेर पछाडि सर्दा अनियन्त्रित भएर नालीमा पल्टिएको थियो ।

दुर्घटनामा गैरे घाइते भएका थिए । उनको उपचारका क्रममा तनुहँको आबुखैरेनीस्थित छिम्केश्वर अस्पतालमा मृत्यु भएको गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।