बिना विभागीय मन्त्रीको सपथ तीन जनाले लिने तयारी
जन्मभुमि खबर ,
पोखरा ।
नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका हुन् ।
‘पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ । सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । उनका अनुसार ३ जना मन्त्रीले शपथ लिने तयारी छ ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।