जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा हेम्जामा चैत २५ गतेदेखि आलु महोत्सव

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको हेम्जामा २५ चैतदेखि आलु महोत्सव हुने भएको छ । हरेक वर्ष विष्णुपादुका क्लबले आलु महोत्सव गर्दै आएको छ । यो वर्ष १२ औँ संस्करणको महोत्सव गर्न लागिएको हो । वैशाख ५ गतेसम्म हुने महोत्सवको लागि मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन भएका छन् ।

महोत्सवले हेम्जाको आलु बजारीकरणमा ठूलो टेवा पुगेको छ । यो वर्ष पनि ५० टन आलु बिक्री हुने अनुमान आयोजकको छ । कृषि पर्यटनसँग महोत्सवलाई जोडेर स्थानीय स्तरमा उत्पादित आलु व्यापार गर्ने उद्देश्य रहेको आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका परिकार प्रदर्शनी हुनेछ । यस्तै माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान सम्बन्धि शिविर पनि राखिएको आयोजकले जनाएको छ ।

हेम्जालाई आलु गाउँको रुपमा पनि चिन्न थालिएको छ । यहाँ खासगरी एमएस ४२ जातको निलो आलुको खेती बढी हुन्छ । सरकारले हेम्जालाई आलु पकेट कार्यक्रम अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ ।